मुख्य विषयवस्तुमा जानुहोस्
पहुँच उपकरणहरू
संज्ञानात्मक असक्षमता प्रोफाइल

पढ्न र ध्यान केन्द्रित गर्न मद्दत गर्दछ

किबोर्ड नेभिगेसन (मोटर)

सर्टकटहरूका साथ वेबसाइट प्रयोग गर्नुहोस्

दृष्टिविहीन प्रयोगकर्ताहरू (स्क्रिन-रिडर)

स्क्रिन-रिडरहरूका लागि अनुकूलन गर्नुहोस्

गृहपृष्ठ उद्देश्य

उद्देश्य

उद्देश्य

दीर्घकालीन उद्देश्य

राइजोवियम तथा घाँसेवाली बीउ विजन प्रयोगशालाको दीर्घकालीन उद्देश्य गुणस्तरीय, पर्याप्त तथा भरपर्दो राइजोवियम इनोकुलम उच्च गुणस्तरका घाँसेवाली बीउ उत्पादन, परीक्षण तथा प्रवर्द्धनमार्फत पशुपालन क्षेत्रको दिगो विकासमा योगदान पुर्याउनु हो। प्रयोगशालाले उन्नत तथा स्थानीय स्रोतका घाँसेवाली प्रजातिको संरक्षण, सुधार, अभिलेखीकरण गुणस्तरीय बीउ उत्पादन प्रणालीलाई सुदृढ गर्दै देशमा पशु आहाराको उपलब्धता वृद्धि आत्मनिर्भरता कायम गर्ने लक्ष्य राखेको छ। साथै राइजोवियम प्रविधिको प्रभावकारी प्रयोगमार्फत कोसे घाँसेबाली उत्पादन तथा जैविक नाइट्रोजन स्थिरीकरण अभिवृद्धि गर्ने, गुणस्तरीय बीउ उपलब्ध गराउने तथा दुग्ध, मासु अन्य पशुजन्य उत्पादन वृद्धि गर्न सहयोग पुर्याउने उद्देश्य राखिएको छ।

अल्पकालीन उद्देश्य

प्रयोगशालाको अल्पकालीन उद्देश्य किसान, प्राविधिक तथा सरोकारवालाहरूलाई आवश्यक पर्ने गुणस्तरीय घाँसेवाली बीउ तथा राइजोवियम इनोकुलम समयमै उपलब्ध गराउनु हो। यसका लागि विभिन्न घाँसेबालीको बीउ उत्पादन, प्रशोधन, परीक्षण तथा बीउ विजन विश्लेषण गरी गुणस्तर सुनिश्चित गर्ने, किसानले उत्पादन गरेको बीउको शुद्धता, अंकुरण शक्ति, आर्द्रता तथा अन्य मापदण्डअनुसार परीक्षण सेवा उपलब्ध गराउने तथा समयमै नतिजा प्रदान गर्ने लक्ष्य रहेको छ। साथै तालिम, गोष्ठी, सेमिनार तथा अन्तरक्रिया कार्यक्रममार्फत कृषक तथा प्राविधिकहरूको क्षमता अभिवृद्धि गर्ने, प्रविधिसम्बन्धी जानकारी तथा जनचेतना प्रवर्द्धन गर्ने सेवा प्रवाहलाई प्रभावकारी तथा पहुँचयोग्य बनाउने उद्देश्य राखिएको छ।